मिस युनिभर्स नेपालको ताज सार्वजनिक, सेतो सुन र हीरा जडित ताजको मूल्य ३८ लाख रुपैयाँ

मिस युनिभर्स नेपालको ताज सार्वजनिक, सेतो सुन र हीरा जडित ताजको मूल्य ३८ लाख रुपैयाँ

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । मिस युनिभर्स नेपालको ताज सार्वजनिक भएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको यस क्राउनलाई नेपाल भ्रमणमा रहेकी मिस युनिभर्स सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् । आयोजकका अनुसार यस क्राउनमा ३८ लाख रुपैयाँ बराबरको २४५ ग्राम तौलको सेतो सुन र हीरा जडान गरिएको छ ।

आउँदो शनिबार काठमाडौँको हायात होटलमा हुने फिनालेकी विजेताले यो ताज लगाउने छिन् । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा छन् । पलासियोस फिनालेअघि नै फर्किने बताइएको छ ।

Logo