प्रकाश सपुतको फिल्म बसन्तमा ‘राई इज किङ’को स्वर, रेकर्डिङ सम्पन्न

प्रकाश सपुतको फिल्म बसन्तमा ‘राई इज किङ’को स्वर, रेकर्डिङ सम्पन्न

केन्द्रबिन्दु
174
Shares

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राईले फिल्म ‘वसन्त’को गीतमा स्वर दिएका छन् । गायक प्रकाश सपुतको निर्देशनमा बन्न लागेको फिल्म बसन्तका गीतमा राजेशपायल राईले स्वर रेकर्डिङ गराएका हुन् ।

म्युजिकल वर्ल्ड टुरका क्रममा विभिन्न देश पुगिरहेका राजेशपायल राईले नेपाल आएर उक्त फिल्मका गीतमा स्वर दिएका हुन् । राई नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय छन् । उनको जादूमयी स्वरमा जाे काेही माेहित हुन्छन्, यसलाई मध्यनजर गरेर नै सपूतले फिल्ममा भित्र्याएको हुनसक्ने आंकलन गरिएकाे छ ।

फिल्मको शीर्ष भूमिकामा निर्देशक सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको अभिनय हुने जनाइएको छ । फिल्मको संगीत र पटकथा पनि सपुतकै हुने उल्लेख छ । संगित संयोजन भने योगेश काजी शाहको रहनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी चैते दशैंलाई तय गरिएको छ । टिजर सार्वजनिक भइसकेको छ । टिजरअनुसार फिल्मको कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो ।

Logo