काठमाडौँको संस्कृति र इतिहासको वर्णन गरिएको गीत ‘काठमाण्डू शहर’ सार्वजनिक

काठमाडौँको संस्कृति र इतिहासको वर्णन गरिएको गीत ‘काठमाण्डू शहर’ सार्वजनिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । काठमाडौँको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन गरिएको गीत सार्वजनिक भएको छ । नेपाली रक ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’ले आफ्नो गीत ‘काठमाण्डू शहर’ सार्वजनिक गरेको हो ।

यो गीत ब्याण्डको ‘जवानीको जोश’ एल्बममा समेटिएको छ । द्वन्दकालको समयमा काठमाडौँमा हुर्किँदै गरेको एक युवकको अनुभवलाई गीतमा समेटिएको छ । ब्याण्डका अनुसार यो गीत सबै प्लेटफर्ममा उपलब्ध भएको छ ।

गीतलाई स्टिभ देवानले गाएका छन् । गायक तथा गीतकार देवानले काठमाडौँ नै आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताएका छन् । ब्याण्डका व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई) नेटवर्कका विकेश कायस्थले गीतले काठमाडौँको सौन्दर्य र महत्त्वलाई जोड दिँदै सांस्कृतिक पहिचानलाई पनि प्रतिनिधित्व गराएको बताए । ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ दरबार स्क्वायरमा यसको छायांकन गरिएको छ ।

Logo