एसडी योगी र रेश्माको स्वर रहेको ‘पिङ्की पियारी’ सार्वजनिक, भाग्यशाली श्रोतालाई स्मार्टफोन

एसडी योगी र रेश्माको स्वर रहेको ‘पिङ्की पियारी’ सार्वजनिक, भाग्यशाली श्रोतालाई स्मार्टफोन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक भएको छ ।

विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टाले लेखेका छन् भने सङ्गीतकार एसडी योगी स्वयं रहेका छन् ।

भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले अभिनयसँगै शानदार नृत्य प्रस्तुत गरेका छन् । यो रोमान्टिक गीतको भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका छन्, जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । मेकअप प्रिया रोक्काले गरेकी छिन् भने पहिरनको व्यवस्थापन अनुष्का डीसी र उत्पादन व्यवस्थापन विशाल कार्कीले गरेका छन् ।

यस गीतको सङ्गीत निर्माण रिकेश गुरुङ (किज)ले गरेका छन् । रेकर्डिङ र मिक्सिङको सुपरभाइज सागर खड्काले गरेका हुन्, जबकि मिक्स र मास्टरको जिम्मेवारी गायक तथा सङ्गीतकार एसडी योगीले नै सम्हालेका छन् ।

यो गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकका लागि आकर्षक उपहार योजना पनि ल्याइएको छ । भिडियोका निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर पोस्ट गर्ने श्रोताहरूमध्ये सर्वाधिक भ्युज प्राप्त गर्ने भाग्यशालीलाई युनिक मोबाइल होम एन्ड मर्मत सेन्टर, छिन्चु बजार, सुर्खेतको तर्फबाट कार्तिक २५ मा एउटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।

Skip This
Skip This
Logo