फिल्म ‘कार्साङ’ को काठमाडौँमा भव्य प्रिमियर गरियो

फिल्म ‘कार्साङ’ को काठमाडौँमा भव्य प्रिमियर गरियो

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर गरिएको हो ।

समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रहेको थियो । प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायतको उपस्थिति रहेको थियो । दीया र सिर्जनाले शेर्पा पोशाकमा सौन्दर्य छरेका थिए ।

शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए । उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गर्दै समारोहलाई रोमाञ्चक तुल्याए ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् । यो फिल्म शुक्रबारदेखि देशव्यापी १३० शोसहित प्रदर्शनको तयारीमा छ ।

Skip This
Skip This
Logo