काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्दै छिन् । गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा उनको विवाह हुन लागेको हो ।
आधुनिकका अलवा फिल्मको पार्श्व गायनमा समेत चर्चित मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी प्रसिद्ध गायिका हुन् । इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ ।





























प्रतिक्रिया