काठमाडौं । निर्देशक फुर्वा शेर्पाले निर्देशन गरेको ‘खर्च मार डा’ बोलको नयाँ गीत रिलिज भएको छ । बबी नारियनको शब्द रहेको सो म्युजिक भिडियो शेर्पाले निर्देशन गरेका हुन् । भिडियोमा कमर र इसरा जेब्बारी फिचर्ड छन् ।
भिडियोलाई चर्चित डाइरेक्टर तथा छायाँकार नितिन चन्दले छायांकन गरेका छन् । उनी विगत लामोसमयदेखि नेपाली म्युजिक भिडियोको निर्देशन गर्दै आएका छन् । उक्त गीतको दुबईमा छायांकन गरिएको हो ।
सो म्युजिक भिडियोमा दुबईको विभिन्न रमणीय स्थानहरु देख्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरी बनाइएको गीत ‘खर्च मार डा’लाई दर्शकले मन पराएको निर्देशक शेर्पाले बताएका छन् ।































प्रतिक्रिया