आइफोनले खिचिएको चलचित्रका निर्देशक बुसान फिल्म स्कूलमा छानिए

आइफोनले खिचिएको चलचित्रका निर्देशक बुसान फिल्म स्कूलमा छानिए

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । विश्वकै प्रख्यात गनिने चलचित्र विद्यालय, बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया मुलुकबाट मात्र १८ जना युवा चलचित्रकर्मीहरुलाई छात्रवृत्तिमा छान्ने काम गर्छ ।

छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन्। हालै नेपालमा पहिलो पटक आइफोनद्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्।

उनी कोरियाको बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर, अन्तर्राष्ट्रिय निर्माताहरुसँग मिलेर आफ्नो दोश्रो चलचित्रको तयारी गर्ने छन् । निर्देशक लोप्चन चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसानमै गरिने छ भने चलचित्रको छायाङ्कन आगामी २०२६ नेपालमै गरिने भनेर बताउँछन् ।

उनको पहिलो चलचित्र ‘अ प्लेस अण्डर द सन’ अहिले एमएसएम भिडियोमा उपलब्ध छ भने उनले यस अगाडि मेयर बालेन शाह को “मार्फाको मदिरा” गीतको भिडियो पनि निर्देशन गरेका थिए ।

Logo