‘पिताम्बर’ले तेस्रो हप्तामा राम्रै शो पाएपछि निर्देशक चौलागाईं उत्साही

‘पिताम्बर’ले तेस्रो हप्तामा राम्रै शो पाएपछि निर्देशक चौलागाईं उत्साही

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ अहिले देशैभरका हलहरुमा प्रदर्शन भइरहेको छ ।

मंगलबार कमलपोखरीको बिग मुभिज् हलमा विशेष शोको आयोजना गर्दै निर्देशन चौलागाईले चलचित्र ‘पिताम्बर’ तेस्रो हप्ता सकिन लाग्दा पनि शो नघटेकोमा एकदमै खुशी भएको बताइन् ।

उनले भनिन्, ‘दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु, यसका साथै सहकर्मी, पत्रकार, र सबै ठाउँबाट तारिफ पाइरहेको छु । एकदमै खुशी छु र व्यापारको हिसाबले पनि तेस्रो हप्ता पूरा गर्न लागेको छ हलमा शो घटेको छैन एकदमै खुशी छु ।’

यस्तै विशेष शोमा पुगेका कलाकार राजाराम पौडेलले अति राम्रो चलचित्र बनेको भन्दै तारिफ गरे ।

चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ।

Logo