काठमाडाैं । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ ।
स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन् । आइडलको विजेता भएपछि करणले थुप्रै गीतमा स्वर भरेको भएपनि उनले पहिलोपटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।
भिडियो सार्वजनिक गरेपछि करण भन्छन् ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
उनले थपे-‘मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैले राम्रा गीतहरु बनाउनुपर्ने हुन्छ र मेरो चाहना पनि त्यहि नै हो।’
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन् । भिडियोलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन् ।































प्रतिक्रिया