‘कर्णाली सिस्नुपानी’को हास्यव्यङ्ग्य कार्यक्रम विभिन्न जिल्लामा हुँदै

‘कर्णाली सिस्नुपानी’को हास्यव्यङ्ग्य कार्यक्रम विभिन्न जिल्लामा हुँदै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य कला साहित्यको माध्यमबाट सामाजिक रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपालले जेठ महिनाभर कर्णाली प्रदेशका विभिन्न जिल्लामा हास्यव्यङ्ग्य कार्यक्रम “कर्णाली सिस्नुपानी” आयोजना गरेकाे छ।

संस्थाले जारी गरेकाे एक प्रेस विज्ञप्तिअनुसार, भ्रष्टाचार, कुशासन र विकृतिविरुद्ध जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय कलाकारहरूको पनि सहभागिता रहनेछ।

कार्यक्रम तालिकाअनुसार, जेठ ७ गते पश्चिम रुकुमको सहिद प्रतिष्ठानको सभाहल, सेरीगाउँमा कार्यक्रम हुनेछ । । यसैगरी कार्यक्रमहरू निम्न अनुसार रहेका छन्:

जेठ ८ गते: जाजरकोट, होटल त्रिवेणी सभाहल, खलङ्गा, माथिल्लो थाप्ले
जेठ ९ गते: दैलेख, जिल्ला समन्वय समितिको सभाहल, दैलेख
जेठ ११ गते: कालिकोट, जिल्ला समन्वय समितिको सभाहल, मान्म
जेठ १३ गते: जुम्ला, उद्योग वाणिज्य संघको सभाहल, समाहल
जेठ १५ गते: मुगु, जिल्ला समन्वय समितिको सभाहल, मुगु

टंक आचार्यले संयोजन तथा सञ्चालन गर्ने कार्यक्रममा लक्ष्मण गाम्नागे र अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नेछन् । त्यस्तै, धीरेन्द्र प्रेमर्षिले देउडा/प्यारोडी, चक्र दवाडी (विपी कोइराला) ले प्रहसन, शिशिर योगीले गायन र सुबोध गौतमले प्रहसन प्रस्तुत गर्ने कार्यक्रम छ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष मदन शर्माको प्रमुख आतिथ्य रहनेछ भने ट्रान्सपरेन्सी कर्णालीका तर्फबाट विनोद भट्टराईले पनि आफ्नो प्रस्तुति दिनेछन्।

सिस्नुपानी नेपालले सम्पूर्ण कर्णालीवासीलाई कार्यक्रममा उपस्थित भई सामाजिक रूपान्तरणको यो अभियानमा साथ दिन अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo