काठमाडौं । डेपुटी गभर्नरसमेत रहेका गीतकार चिन्तामणि शिवाकोटीको नयाँ गीत ‘टाँकी फुलेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिवाकोटीको शब्द रचना रहेको गीतमा गायिका समीक्षा अधिकारी र गायक विषम विषम आचार्यले स्वर दिएका छन् । गीतमा विषम स्वयंकै सङ्गीत र सङ्गीत संयोजन रहेको छ।
पूजा ठकुरीको निर्देशन रहेको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल र सुरज लुइटेल मुख्य कलाकारको रूपमा फिचर्ड छन् । भिडियोलाई नीरज कँडेल र उनको टोलीले छायाङ्कन गरेको छ । विनोद बमले सम्पादन र रङ संयोजनको काम गरेका छन्। कोरियोग्राफीको जिम्मा शिवाजी क्षेत्रीले लिएका छन् ।
‘टाँकी फुलेको’ गीतले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । यो गीतको पूरा भिडियो चिन्तामणि शिवाकोटीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ।
शिवाकोटीको यसअघिका हृदयकी रानी, ‘जिउँदै छु’, ‘आएन खबर’लगायत गीत चर्चित छन् ।































प्रतिक्रिया