कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ‘त्यो मीठो पल’ सार्वजनिक

कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ‘त्यो मीठो पल’ सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ‘त्यो मीठो पल’ सार्वजनिक भएको छ ।

कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन, कमल अधिकारीको संगीत रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहेका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ ।

भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल/कलाकार सनम कठायत र नवप्रतिभा खुसी घिसिङको अभिनय रहेको छ ।

सरोज शाहीको छायांकन, अमृत चापागाईंको सम्पादनमा भिडियो निर्माण गरिएको छ । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo