काठमाडाैं । भोजपुरका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो “तिम्रै माया लाग्छ” सार्वजनिक भएको छ ।
गायक उमेश मुस्कान र गायिका निरुता राईको आवाज रहेको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र गायिका स्वयं निरुताको अभिनय रहेको छ । शब्द तथा संगीत गायक उमेश मुस्कानकै रहेको उक्त प्रेमिल गीतको म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो ।
महेश महराको छायांकन र अमृत चापागाईंको सम्पादन तथा आयुश शाहीको सह निर्देशन रहेको छ ।
एभरेष्ट ग्यालरीको गीत, संगित, कला र प्रविधिमैत्री पर्यटन, संस्कृतीको प्रचारप्रसारको नविनतम राष्ट्रिय अभियान “दृश्यमा नेपाल”अन्तर्गत दृश्यमा भोजपुरको अभियानमा एभरेष्ट टिम काम गरिरहेको कार्यक्रम संयोजक समेत रहेका कलाकार सनम कठायतले जानकारी दिएका छन् ।































प्रतिक्रिया