काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा चर्चित नेता विश्वप्रकाश शर्माको संगीतमा एउटा मार्मिक गीत ‘तिमीलाई पाउनुअघि नै गुमाउँछु कि भनी डराइरहेछु’ रेकर्डिङ भएको छ । यस गीतमा नेपाली सुगम संगीतका प्रख्यात गायक राजेश पायल राईले आफ्नो जादुमयी स्वर दिएका छन्।
नक्सालस्थित अडियो साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यो गीतको शब्द पुनित वंशले लेखेका हुन् भने यसको संगीत संयोजन मनोहर सुनमले गरेका छन्। गीतको रेकर्डिङ भोला पौडेलले गरेका हुन्।
गीतबारे बोल्दै संगीतकार विश्वप्रकाश शर्माले यसको भाव निकै मर्मस्पर्शी रहेको बताएका छन्।
राजेश पायल राईको सुमधुर स्वर र विश्वप्रकाश शर्माको संगीत संयोजनले गीतलाई अझै भावनात्मक बनाएको छ । यस गीतले प्रेम र गुमाउने डरको नाजुक भावनालाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ, जसले गर्दा यो गीतले संगीतप्रेमीहरूमाझ छुट्टै छाप छोड्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया