गायक उदय शाहीको नयाँ म्युजिक भिडियो ‘भनिदेऊ’ सार्वजनिक

गायक उदय शाहीको नयाँ म्युजिक भिडियो ‘भनिदेऊ’ सार्वजनिक

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । युवा गायक तथा संगीतकार उदय शाहीको सुमधुर स्वरमा सजिएको नयाँ सांगीतिक भिडियो ‘भनिदेऊ’ बजारमा आएको छ । प्रेम र बिछोडको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतको भिडियो हालै एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

गीतमा उदय शाहीकै शब्द र संगीत रहेको छ भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ के.एम. जोशीले गरेका छन्। गीतको रेकर्डिङ ‘इटर्नल स्कोरिङ स्टुडियो’मा गरिएको हो। संगीत निर्माणमा गायक शाहीलाई के.एम. जोशीले संगीततर्फ पनि साथ दिएका छन्।

भिडियोमा युविना भट्टराई, निर्वाण महर्जन र स्वयं उदय शाही मुख्य भूमिकामा देखिएका छन्। उनीहरूलाई सह-कलाकारका रूपमा रेश्मा डंगोल, उजय शाही, शार्दुल कर्माचार्य र हितेश श्रेष्ठले अभिनयमा साथ दिएका छन्।

भिडियोको छायांकन, सम्पादन र निर्देशन उमङ्ग शाहीले गरेका हुन्। अजय श्रेष्ठ र शार्दुल कर्माचार्यले क्यामेरा असिस्टेन्टका रूपमा काम गरेका छन् भने कलाकारहरूको मेकअप रेश्मा डंगोलले गरेकी हुन्। ‘लेफ्ट आई प्रोडक्सन’ले यसको पोस्ट-प्रोडक्सनको जिम्मेवारी सम्हालेको छ।

उमङ्ग शाहीद्वारा निर्मित यस भिडियोमा हितेश श्रेष्ठ र उजय शाहीले प्रोडक्सन व्यवस्थापन गरेका छन्। यस परियोजनालाई ‘हाम्रो पात्रो’ले एप पार्टनर र ‘केन्द्रविन्दु’ले अनलाइन पार्टनरका रूपमा साथ दिएका छन्।

गायक शाहीले गीतको निर्माणमा विशेष सहयोग पुर्‍याउने बुद्ध रत्न शाही, मचा नानी शाही, उमा मानन्धर, उमेश मानन्धर लगायतका सम्पूर्ण सहयोगीहरूलाई विशेष आभार व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo