दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ रिलिज

दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ रिलिज

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु गरेका छन् ।

पछिल्लो समय सांगीतिक एल्बम हरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले ‘आउटडोर सेसन’ अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो ।

नयाँ गीत ‘हजार हजारमा’ को रिलिज संगै ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज हुने गायक बज्राचार्यले जानकारी दिए । हाल तयार पारिसकेका नयाँ गीतहरु एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका गायक बज्राचार्यको ‘हजार हजारमा’ गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।

Logo