काठमाडौं । भारतीय र्यापर हनी सिंहको कन्सर्टमा दर्शकबीच झडप हुँदा कार्यक्रम केही समयका लागि अवरुद्ध भएको छ। कन्सर्ट हेर्न पुगेका केही युवाबीच सामान्य विवादबाट सुरु भएको भनिएको झडपले केहीबेर कार्यक्रमको माहोल नै तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार भीड अत्यधिक भएपछि केही दर्शकबीच धकेलाधकेल भएको थियो। त्यसपछि विवाद बढ्दै जाँदा केही युवाबीच हातपात समेत भएको बताइएको छ। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरेका थिए।
झडपपछि आयोजकले केही समयका लागि प्रस्तुति रोक्नुपरेको थियो। सुरक्षाकर्मीले झगडामा संलग्न केही व्यक्तिलाई बाहिर निकालेपछि भने कार्यक्रम पुनः सुरु गरिएको बताइएको छ।
कन्सर्टमा सहभागी भएका दर्शकहरूका अनुसार झडपका कारण केहीबेर अफरातफरीको अवस्था सिर्जना भएको थियो। यद्यपि ठूलो क्षति वा गम्भीर घाइते भएको जानकारी भने प्राप्त भएको छैन।
आयोजक पक्षले भने कन्सर्टमा ठूलो भीड भएकाले सामान्य विवाद भएको स्वीकार गर्दै स्थिति चाँडै नियन्त्रणमा आएको छ ।





























प्रतिक्रिया