सुनिल, प्रशान्त र सम्पदालाई लिएर चलचित्र ‘अस्तित्वको लडाईं’ शुभ मुर्हत

सुनिल, प्रशान्त र सम्पदालाई लिएर चलचित्र ‘अस्तित्वको लडाईं’ शुभ मुर्हत


गोविन्द गौतमको निर्देशनमा बन्न लागेको चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुर्हत गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोहबीच मुर्हत गरिएको हो।

निर्देशक गौतमकै लेखनमा तयार चलचित्रमा चेपाङ्ग समुदायको कथा समेटिएको बताइएको छ। यो चलचित्रको दशैं तिहारपछि देखि छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए।

सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ भने चलचित्रमा समाबेश गर्नका लागि गीत छनोट कार्य पनि भइरहेको कार्यकारी निर्माता काफ्लेले बताए। 

Logo