‘तिम्रो मन…’ सार्वजनिक (भिडियोसहित)

‘तिम्रो मन…’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन…’ सार्वजनिक भएको छ। दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ। इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ।

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौं, सबैले मन पराइदिनुहुनेछ भन्ने आशावादी छौं’, निर्देशक शाहीले भने। ‘तिम्रो मन…’को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो। 

गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो। गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो।

 

Skip This
Skip This
Logo