भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

केन्द्रबिन्दु
0
Shares

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन्।

कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर उनले निकै चर्चा कमाएका थिए।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन्। उनले स्कुटर प्राप्त गरेका छन्। यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन्। 

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले विजेताको घोषणा गरेका थिए। यस्तै वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ सेकेण्ड रनरअपको घोषणा गरेका थिए। 

Skip This
Skip This
Logo