पहिलोपटक ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ आयोजना हुने

पहिलोपटक ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ आयोजना हुने


देश तथा विदेशमा रहेका प्रतिभाहरुलाई मुखरित गर्ने उद्देश्यका साथ ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ रियालिटी शोको प्रथम संस्करण आयोजना हुने भएको छ । 

नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ अब छिट्टै ग्यालेक्सी फोके मा हेर्न पाइने छ । 

जसका लागि आईतबार मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोके) र प्रायोजकहरुबीच प्रायोजनसम्बन्धी हस्ताक्षर समारोह सम्पन्न भएको छ । 

कार्यक्रमको मुख्य प्रायोजकका रुपमा रियल जुस रहेको छ । जसका कारण अब कार्यक्रमको नाम रियल सारेगमप लिटिल च्याम्प्स नेपाल रहनेछ । 

यस्तै सिद्धार्थ बैंक कार्यक्रमको सहप्रायोजकको रुपमा रहेको छ । त्यस्तै एसोसियट स्पोन्सरको रुपमा इको प्यानल नेपाल, एलआईसी नेपाल, जोय ब्युटिफुल बाइ नेचर, यति कार्पेट, महालक्ष्मी पेन्टस् र पर्ल राइस रहेका छन् । 

साथै कार्यक्रमको भोटिङ पार्टनरका रुपमा म्यूजिक नेपालको मोमो एप आबद्ध रहेको छ । बजार प्रवद्र्धनको जिम्मेवारी भने टेलिजेन्ज प्रालिले लिएको छ । 

नोबडी प्रोडक्सनले उत्पादन गर्ने ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ कार्यक्रममको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । कार्यक्रमको निर्णायक मण्डलमा न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा रहेका छन् भने रिमा विश्वकर्मा र यमन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछन् । 

यस्तै सोगमप लिटिल च्याम्प्स इण्डियाका उपविजेता प्रितम आचार्य र चौथो रनर अप आयुष केसी पनि कार्यक्रम अवधिभर रोलमोडलको भूमिकामा दर्शकलाई मनोरञ्जन दिनेछन् । 

यस अन्तर्राष्ट्रिय सांगीतिक रियालिटी शोको अर्को मुख्य आकर्षण १५ जना ग्राण्ड जुरी मेम्बरहरु हुन् । जसमा धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउद रहेका छन् । 

कार्यक्रममा देश तथा विदेशबाट विभिन्न बाल प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नेछन् । विभिन्न चरण पार गरेपछि अन्त्यमा सम्पूर्ण प्रतिस्पर्धीमध्येबाट एकजना उपाधि विजेता घोषणा गरिनेछ । 

यो गायन रियालिटी शो साताको दुई दिन हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण हुनेछ । 

Logo