घटस्थापनामा शान्तिश्रीसँग टीका शिवाकोटीको ‘सलल झलल’ (भिडियाे)

घटस्थापनामा शान्तिश्रीसँग टीका शिवाकोटीको ‘सलल झलल’ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

बडा दशैँको आज पहिलो दिन घटस्थापना। हिन्दु धर्मावलम्बीले  विशेषरुपले मनाउने यो चार्डको अवसर पारेर नयाँ गीत 'सलल झलल' सार्वजनिक भएको छ। 

दशैँ र तिहार विशेष बनाएर गरिएको यो गीतमा टीका शिवाकोटी, शान्तिश्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्द/संगीत रहेको छ। 

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा विकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

 

Skip This
Skip This
Logo