दसैँ भन्दा तिहार निकै मनपर्छ: पूजा शर्मा

दसैँ भन्दा तिहार निकै मनपर्छ: पूजा शर्मा


नायिका पूजा शर्माले आफूलाई दसैँ भन्दा तिहार निकै मनपर्ने बताएकी छिन् । त्यसो त जुठो परेकाले यसपालि उनको दसैँ छैन । तर पनि आफ्नो फिल्म पनि रिलिज हुने भएकाले धेरै खुसी लागेको उनी बताउँछिन् ।

उनले भनिन् ‘मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ । झन्डै दुई वर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो । अब भने स्थिति सामान्य बन्दै गइरहेको छ । फिल्म पनि रिलिज हुन लागेको छ । त्यसैले यसपालि धेरै खुसी लागेको छ ।’

‘टीका लगाउन नहुने भए पनि दसैँले आफन्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ । त्यो नै खुसीको कुरा हो । म सम्पूर्ण नेपालीमा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’ न्युज कारखाना

Logo