सगरमाथा देखेर दंग छन् अनुपम र परिणिती चाेपडा

सगरमाथा देखेर दंग छन् अनुपम र परिणिती चाेपडा

केन्द्रबिन्दु
0
Shares

दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सक्याएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ। 

यसैक्रममा गत मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन्। फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै सामाजिक सञ्जालमा खुशी साटेका छन्। परिणितीले आधार शिविर पुगेको फोटोसहित लेखेकी छिन्, ‘शुभ प्रभात मिस्टर एभरेस्ट। तिमीले आज मलाई नम्रताको पाठ सिकायौ।’

साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन्। उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्तसमेत गरेका छन्। बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि  अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन्। फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ।  उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ।

Logo