गायिका नेहा कक्कड आफ्नै भाइसँग रिसाएपछि…

गायिका नेहा कक्कड आफ्नै भाइसँग रिसाएपछि…

केन्द्रबिन्दु
0
Shares

बलिउडकी चर्चित गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन्। एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईले पछिल्लो समय तयार गरेको काटा लगा बोलको गीत लोकप्रिय भइरहेको छ।

पछिल्लो समय धनाढ्यमा पर्ने भए पनि उनीहरूको बाल्यकाल भने संघर्षपूर्ण नै थियो। भजन र कीर्तन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवाआमासँग जाने गर्थे। बाल्यकालमा नेहा निकै छुच्ची थिइन्। त्यसैले उनले एकपटक रिसले टोनीको थाईमा कलमले घोचिदिइन्।

नेहालाई टोनीले केही कुरामा रिस उठाएपछि उनले यस्तो गरेको बताएकी छन्। एक टेलिभिजन शो मा अन्तर्वार्ता दिने क्रममा उनले भनिन्, ’बाल्यकालमा मलाई थाहा थिएन, त्यसैले त्यस्तो गरें।’ उनले पछि पछुतो लागेकोसमेत सुनाइन्। 

‘मलाई पछि नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन्। त्यसो त ठूलो भएपछि भने उनी आफ्नो परिवारको कुरा काट्दिनन्। ‘म घरकी आज्ञाकारी सदस्य हुँ’ उनले भनिन्।एजेन्सी 

Logo