स्क्विड गेम :‘द च्यालेन्ज’को घोषणा

स्क्विड गेम :‘द च्यालेन्ज’को घोषणा

केन्द्रबिन्दु
0
Shares

विश्वभर लोकप्रिय बनेको दक्षिण कोरियाली वेब सिरिज स्क्विड गेमका फ्यानहरूका लागि खुसीको खबर छ । नेटफ्लिक्सले कोरियन ड्रामा वेब सिरिजको सिजन २ घोषणा गरेका छन् । मंगलबार पून अर्को एउटा घोषणाले जनताको उत्साह दोब्बर बनाएको छ । वास्तवमा नेटफ्लिक्सले वेब सिरिज स्क्विड गेम जस्तौ रियालिटी शो पनि ल्याउने घोषणा गरेको छ । 

शो जित्नेलाई ५७ करोड रुपैयाँ पुरस्कार
शो एक स्क्विड खेल जस्तै हुनेछ। यससँगै विजेतालाई ४.५६ मिलियन डलर अर्थात करिब ५७ करोड रुपैयाँ पुरस्कार दिइनेछ । यो कुनै पनि रियालिटी शोको इतिहासमा सबैभन्दा ठूलो नगद पुरस्कार प्रस्ताव हो।

विश्वभरबाट ४५६ प्रतियोगीले भाग लिनेछन् । यस ‘शो’ मा विश्वभरबाट ४५६ प्रतियोगी सहभागी हुनेछन् । तर, प्रतियोगीहरूले वेब सिरिज स्क्विड गेमजस्तै मृत्युसम्म खेल्नुपर्दैन। सिरिजमा गेम टास्क हारेकाहरूलाई गोली हानिएको थियो। तर, रियालिर्टी शो’ मा त्यस्तो हत्या हुने छैन । यो खेल प्रतियोगिता १० एपिसोडको हुनेछ। जसको नाम नेटफ्लिक्सर्ले स्क्विड गेम  द च्यालेन्ज’ राखेको छ । 
 

Logo