लिम्बू समुदायमा भागी विवाह गर्दा चोरको स्वर बुझाउने चलन छ । चोरको स्वर बुझाउँदा दुलाहा पक्षले दुलही पक्षकोमा सगुन बुझाउँनु पर्छ । माइती पक्षले ‘चोरको स्वर’ स्वीकार गरेपछि लिम्बु संस्कार, रितिरिवाजअनुसार विवाह गरिने चलन रहेको छ ।
आर्टमाण्डु नेपालको प्रस्तुतिमा काठमाडौंको मण्डला नाटकघरमा मञ्चन भइरहेको ‘चोरको स्वर’ लिम्बू समुदायभित्र भएको भागी विवाहको कथामा आधारित छ । नवीन चौहानको लेखन, अनिल सुब्बा र अन्वेष राई थुलुङको निर्देशन रहेको नाटकले लिम्बू समुदायको विवाहसँगै जोडिएका सामाजिक, संस्कृति, ऐतिहासिक महत्व खोतल्ने प्रयास गरेको छ ।
‘खासगरी लिम्बू समुदायको भागी बिहेको संस्कृतिमा रहेको रोचक प्रशंगलाई नाटकले बोकेको छ । नाटकको कथा दुई गाउँको परिवेशमा बगेको छ । सुगम र दुर्गम गाउँबीचको असमानतालाई नाटकले सरल ढंगमा प्रस्तुत गरेको छ । नाटकको कथामा चेम्जोङ गाउँ र शेर्मा गाउँ एउटा खोलाले छुट्याएको छ । यी दुई गाउँको रीतिथिति आ-आफ्नै छ । नाटकको विषयवस्तुलाई कलाकारहरुले जिवन्त प्रदान गरेका छन् । उनीहरुको अभिनय, स्टेज सेटिङ, लाइटिङ, लिम्बूशैली, बोलीको लवजले नाटकलाई जिवन्त बनाएको छ ।
तस्बिरहरु
प्रतिक्रिया