मन्त्रिपरिषद् बैठक बस्नु अगाडि प्रचण्ड र ओलीबीच २ घन्टा लामो छलफल

मन्त्रिपरिषद् बैठक बस्नु अगाडि प्रचण्ड र ओलीबीच २ घन्टा लामो छलफल

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा २ घन्टाभन्दा बढी समय छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान ११:४० बजे प्रधानमन्त्री कार्यालय पुगेका अध्यक्ष ओली दिउँसो १:५० बजे बाहिरएका थिए।

मन्त्रिपरिषद् बैठक बस्नु अगाडि उनीहरूबीच भएको भेटलाई विशेष तवरले हेरिएको छ। केही दिन अगाडिपनि मन्त्रिपरिषद् बैठक बस्नु अगाडि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए।

अध्यक्ष ओलीले राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनित गर्न र महालेखा परिक्षकमा तोयम रायलाई नियुक्त गर्न मन्त्रिपरिषद्‍को निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई लगाएका थिए।

सोही कारण आजको भेटवार्तालाई पनि विशेष तवरले हेरिएको छ।

तर, अध्यक्ष ओलीले आजको भेटवार्ता भने सामान्य भएको दाबी गरेका छन्।

प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै अध्यक्ष ओलीले भेटवार्ताको बारेमा सञ्चारकर्मीसँग भने,‘संसदको अधिवेशन छिट्टै बोलाउनुहोला। यो सरकारको मामिला हो। संसदको मामिला हो। प्रधानमन्त्रीसँग समसामयिक राजनीतिलगायतका विषयमा छलफल भयो।’

Logo