माग्नेबुढालाई किन नमस्कार गरे पुर्वमन्त्री आलेले ?

माग्नेबुढालाई किन नमस्कार गरे पुर्वमन्त्री आलेले ?

केन्द्रबिन्दु
0
Shares

पुर्वमन्त्री प्रेम आलेले हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लाई नमस्कार गरेको फोटो सार्वजनिक भएको छ । 

फोटोमा मन्त्री आलेले दुई हात जोडेर कलाकारलाई माग्ने बुढालाई नमस्कार गरेका छन् । तर माग्ने बुढाले भने नमस्कार नफर्काएको जस्तो देखिएको छ । माग्ने बुढाले सो फोटो आफ्नो फेसबुकमा शेयर गर्दै आफूले नमस्कार गरेर छिटो छिटो हात तल झार्दा त्यसो भएको बताएका छन् । 

सो फोटोसंगै उनले केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो पनि शेयर गरेका छन् । जसमा मोदीले दुई हात जोडेर नमस्कार गरेका छन् भने ओलीले नमस्कार नफर्काएको देखिएको छ । 

दुई फोटो राख्दै माग्ने बुढाले लेखेका छन्, 'आफुले नमस्कार गरेर छिटो छिटो हात झार्नाले मेरो फोटो यस्तो आयो । केपी बाक‍ो चै कसरी आयो कुन्नी ?'

Logo