लीना मणिमेकलाई निर्देशित डकुमेन्ट्री फिल्ममा काली भगवानको मूर्तिले चुरोट तानिरहेको पोष्टर सार्वजनिक भएसँगै बिरोध सुरु भएको छ ।
लीला मणिमेकलाई हाल क्यानडामा अध्ययनकै सिलसिलामा छिन ।
त्यो पोष्टरमा उनले देवीमातालाई धुम्रपान गर्दै एलजिबिटीक्यू झण्डा समातेको देखाएकी छन । यो पोष्टर सार्बजनिक भएसँगै भारत र क्यानडामा रहेका हिन्दु धर्मावलम्बीहरुले बिरोध जनाएका हुन ।
क्यानडास्थित भारतीय उच्च आयोगले धर्म जस्तो संवेदनसिल विषयमा यस्तो प्रकारको ब्याङ्ग्यात्मक तस्बिरको प्रयोग गरेका कारण हस्तक्षेप गर्दै आयोजकसँग उत्तेजक सामग्री हटाउन माग गरेको छ ।
टोरन्टोस्थित फिल्ममेकर लीना मणिमेकलाईले आफ्नो फिल्मको यो पोस्टरलाई समर्थन गर्दै आफू जीवित रहेसम्म निर्भयका साथ आवाज उठाइरहने बताइन् ।’ ‘काली’ को पोस्टरसँगै सामाजिक सञ्जालमा हिन्दूहरुको धार्मिक भावनामा चोट पुर्याएकाे भन्दै लीना मणिमेकलाईलाई पक्राउ गर्न सोसल मिडियामा ह्यासट्याग चलेको छ ।
क्यानडामा रहेका हिन्दू समुदायका नेताहरूबाट फिल्मको विरुद्धमा उजुरी प्राप्त भईरहेको र मानिसहरूले यस पोष्टरले हिन्दू देवीको अपमानजनक झलक दिएको भनेका छन् । यो फिल्म ‘अण्डर द टेन्ट’ परियोजना अन्तर्गत टोरन्टोको आगा खान म्युजियममा प्रदर्शन गरिएको थियो ।
यो पोस्टरको बिरूद्ध धेरै हिन्दू समुहले आयोगमै पुगेर आयोजकलाई कारबाही गर्न माग गरिहेका छन् । यति धेरै जनताका विरोधका बीच फिल्म निर्देशक मणिमेकलाईले पोष्टरको बचाउ गर्दै परिवर्तन नहुने बताउँदै आएकी छन ।





























प्रतिक्रिया