सन् १९९४ की मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा रहेको हालै खुलेको छ।
व्यवसायी ललित मोदी आफैंले सुस्मितासँग डेट गरिरहेको सामाजिक संजाल ट्विरमार्फत जानकारी दिएका हुन् । भारतीय टि-२० टुर्नामेन्टका पहिलो अध्यक्ष तथा कमिसनर रहेका ललितले बिहीबार आफ्नो ट्विटरमा सुस्मितासँगका थुप्रै फोटाहरू शेयर गर्दै आफुहरु प्रेममा रहेको जानकारी दिएका हुन् । उनले ती फोटाहरूमा सुस्मितालाई 'बेटर-हाफु भन्दै ' नयाँ सुरूआतु लेखेका छन् ।
धेरैले उनीहरूलाई बिहे पनि गरिसकेको हो कि भनेर सोधेका छन् । आइपिएलका संस्थापक रहेका ललितले आफूहरूले बिहे भने नगरिसकेको र अहिले 'डेटिङ' मात्र गरिरहेको बताएका छन् । तर बिहे गर्ने संकेत पनि उनले दिएका छन्।
ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा बिहे भएको थियो । उनीहरूका एक छोरा रूचिर र छोरी आलिया छन् । ललितसँग बिहे हुनुअगावै मिनलको पनि अर्कैसँग बिहे भएको थियो । मिनलका पहिलो श्रीमानबाट पनि एक छोरी करिमा छन् ।
सन् २०१८ मा मिनलको क्यान्सरका कारण निधन भएको थियो । यता सुस्मिता सेनले गत साल मात्रै आफ्नो तीन वर्षभन्दा पुरानो प्रेम सम्बन्धलाई ुब्रेकअपु गरेकी थिइन् । उनले रोहमन सलसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएकोबारे इन्स्टाग्राममार्फत् सार्वजनिक जानकारी दिएकी थिइन् ।
केही समयअघि मात्र आफूले बिहेबारे नसोचेको बताएकी थिइन् । तीन पटक बिहेको नजिक पुग्दा पनि हुन नसकेको र यसमा आफूलाई भगवानले बचाएको प्रतिक्रिया उनले दिएकी थिइन् ।





























प्रतिक्रिया