बोल्ड फोटोसुटका कारण रणवीर सिंह समस्यामा, अभिनेता विरुद्ध उजुरी

बोल्ड फोटोसुटका कारण रणवीर सिंह समस्यामा, अभिनेता विरुद्ध उजुरी


बलिउड अभिनेता  रणवीर सिंह यतिबेला लगातार चर्चामा छन् । रणवीरको नग्न फोटोशूटका कारण उनी चर्चामा रहेका हुन ।

रणवीर सिंह को ‘न्यूड फोटोसुट’ सार्वजनिक भएपछि विवादमा तानिएका छन् । बलिउड अभिनेता रणवीर सिंहले नग्न फोटोशूट गराएदेखि नै उनी हेडलाइन्सबाट हट्ने नाम लिइरहेका छैनन् । पहिले त तस्बिर भाइरल भयो, त्यसपछि मिम्स बने , रणवीरकी श्रीमती दीपिका पादुकोण र  सेलिब्रेटीहरूको विभिन्न प्रतिक्रिया आइरह्यो ।
तर अहिले यो चर्चा पृथक बनेको छ । रणवीर सिंहको  ‘न्यूड फोटोसुट विरुद्ध मुम्बई पुलिसमा उजुरी परेको छ । 
यस उजुरीमा रणवीर सिंहलाई ‘महिलाको भावनामा चोट पुर्याएको’ आरोप लगाइएको छ । 
यो फोटोसुट भाइरल भएपछि अब यसमा राजनीति पनि सुरु भएको छ । अभिनेताको तस्बिरमाथि प्रश्न गर्दै समाजवादी पार्टीका महाराष्ट्र प्रमुख अबु आजमीले ट्वीट गरेका छन् । उनले आफ्नो ट्विटमा लेखेकी छिन्, ‘सार्वजनिक रुपमा नग्न हुनु ‘कला’ र ‘स्वतन्त्रता’ हो, त्यसोभए अब लजाएर के काम ? नग्न भएर हिडे  भैगोनि , किन ‘प्रेशर’ ?
तर, अभिनेताको यो फोटोसुटमा उनलाई उद्योगका साथीहरुले निरन्तर साथ दिइरहेका छन् । यसै क्रममा अभिनेत्री आलिया भट्टले पनि आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मलाई मेरो मनपर्ने रणवीर सिंहको बारेमा नकारात्मक कुरा सुन्न र भन्न मन लाग्दैन ।
मैले उहाँलाई सधैं माया गरेको छु र उहाँ मलाई मात्र होइन सबैको मनपर्ने कलाकार हुनुहुन्छ। रणवीरले हामीलाई अचम्मका फिल्महरू दिएका छन्, त्यसैले हामीले उहाँलाई माया दिनुपर्छ।
यसअघि अभिनेता अर्जुन कपूरले पनि उनलाई समर्थन गर्दै आफूले जे गरे पनि आफ्नो रोजाइ, सामाजिक सञ्जाल भएको बताएका थिए । आफूलाई जे सहज लाग्छ त्यही गर्छन् । मलाई लाग्छ हामीले उहाँलाई सम्मान गर्नुपर्छ। यस बाहेक रणवीर सिंहले पनि यो फोटोसुटमा प्रतिक्रिया दिएका छन् । अभिनेताले एक हजार मानिसको अगाडि पनि कपडा फुकाल्न सक्ने र त्यसले आफूलाई फरक नपर्ने बताए ।
 

Logo