“गोल्डेन ओक कमेडी यात्रा” : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा

“गोल्डेन ओक कमेडी यात्रा” : हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा

केन्द्रबिन्दु
0
Shares

नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । यसका लागि गोल्डेन ओकले विभिन्न शहरहरुमा “गोल्डेन ओक कमेडी यात्रा” ल्याउँदैछ ।

गोल्डेन ओकले आयोजना गरेको यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति दिने छन् ।

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही श्रावण २० गते, दमकमा श्रावण २१ गते, इटहरीमा श्रावण २२ गते, विराटनगरमा श्रावण २३ गते र धरानमा श्रावण २४ गते पूरै उत्साहका साथ आयोजना हुने छ । 

Logo