फिल्म ‘लाल सिंह चड्ढा’को लागि पहिलोपटक अडिसन दिएको करिनाको खुलासा

फिल्म ‘लाल सिंह चड्ढा’को लागि पहिलोपटक अडिसन दिएको करिनाको खुलासा


करिना कपुरले फिल्म  ‘लाल सिंह चड्ढा’को लागि पहिलो पटक अडिसन दिएको खुलासा गरेकी छिन । उनले आफ्नो जीवनमा पहिलो पटक अडिसनबाट छनौट भएर कुनै फिल्म खेलेको बताईन । 

फिल्म ‘लाल सिंह चड्ढा’को लागि  करिना आफूलाई रोलमा भिजाउन सक्छिन कि सक्दिनन भनेर हेर्न अडिसन लिएको अभिनेता आमिर खानले बताए । आमिर सधैँ आफ्नो फिल्म कास्टिङको बारेका पक्का हुन चाहन्छन ।
झण्डै एक दशकपछि आमिर खानसँग फेरि काम गर्न लागेकी करिनाले भनेकी छिन्, ‘म फिल्ममा छु, त्यसैले फिल्म गर्नुपर्छ भन्ने कलाकार मध्येमा आमिर खान पर्दैनन्, उनले भनिन ।’ 

आमिर खान फिल्मप्रति समर्पित छन् र फिल्मका लागि जे उचित हुन्छ उनी त्यही गर्छन् । आमिरले मलाई चार घण्टाको ‘न्यारेसन’ दिए । ‘अडिसन’मा मैले मध्यम उमेरको भूमिका निभाउन सक्छु कि सक्दिन भनेर हेर्न चाहन्थे। यो सबै गरेपछि मात्रै मलाई फिल्मको हिस्सा बनाईयो । 
अद्वैत चन्दनद्वारा निर्देशित आमिर खानको लाल सिंह चड्ढा अगस्ट ११ मा रिलिज हुँदैछ।
 

Logo