प्रेग्नेन्त महिलाका लागि कलेला ‘बरदान’

प्रेग्नेन्त महिलाका लागि कलेला ‘बरदान’

केन्द्रबिन्दु
0
Shares

गर्भावस्थाको समयमा गर्भवती महिलाहरुलाई धेरै भोक लाग्छ । 

यस कारण उनीहरु अधिक मात्रामा जंक खान्छन् । उच्च क्यालोरीयुक्त खानेकुरा खादा गर्भवती महिलाको शरीरमा लामो समयसम्म क्षति पु¥याउँछ । तसर्थ गर्भवती समयमा स्वास्थ्यकर खानेकुरा मात्र खान ध्यान केन्द्रित गर्न डक्टर सल्लाह दिन्छन । ताकि भर्गवती महिलालेपछि यसको नोक्सान भोग्नु नपरोस् । स्वास्थ्यकर खानेकुराहरुमध्ये करेला पनि एक हो । जुन गर्भवती महिलाका लागि निकै फाइदाजनक हुन्छ । 

यो मौसमी तरकारी पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । जसले गर्भवती महिलाहरूमा मेटाबोलिजम बढाउँछ । 

प्रशस्त फाइबर 
करेलामा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले उच्च क्यालोरीयुक्त जंक फूडको लालसालाई कम गर्न काम गर्छ । करेला फाइबरले भरिपूर्ण हुने भएकाले यसको सेवनले गर्भवती महिलामा कब्जियत र पायल्स हुने खतरा कम हुन्छ ।

मधुमेहसँग लड्न मद्दत गर्ने
करेलामा चरेन्टिन र पोलिपेप्टाइड–पी जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा हुन्छन् । जसले गर्भावस्थामा हुने मधुमेहसँग लड्न मद्दत गर्छ ।

एन्टिअक्सिडेन्टले भरिपुर्ण 
करेलामा भिटामिन–सी हुन्छ । जसले हानिकारक ब्याक्टेरियासँग लड्ने र प्रतिरक्षा प्रणाली बढाउने काम गर्छ ।

आन्द्राको चाल नियन्त्रण गर्छ
अनुसन्धानकर्ताहरुका अनुसार करेलाले पेरिस्टालिसिसलाई बढावा दिन मद्दत गर्दछ, जसले गर्भवती महिलाहरूको आन्द्राको चाल र पाचन प्रणालीलाई नियमित गर्न मद्दत गर्दछ ।

 

Logo