पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।































प्रतिक्रिया