यी हुन् दूधमा भन्दा धेरै क्याल्सिएम पाइने ५ खाना

यी हुन् दूधमा भन्दा धेरै क्याल्सिएम पाइने ५ खाना


क्याल्सियमले हाम्रो शरीर स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्छ । किनभने, हाम्रो शरीरको मुख्य शारीरिक संरचना भनेको मेरुदण्ड हो । जसलाई तन्दुरुस्त बनाउने सँगै अग्लो बनाउने काम क्याल्सियमले गर्छ । क्याल्सियमको कमीले ढिलो वृद्धि हुने, जोर्नीहरु कमजोर हुने हुन्छ । त्यसैले पनि हामी क्याल्सियम प्राप्त गर्नका लागि दूध खाइरहेका हुन्छौं । तर पनि, हामीसँग दूधमा भन्दा पनि बढी क्याल्सियम पाउने खानाहरु रहेका छन । 

के हुन त ती खाना ?

१) नट्स : धेरै जसो उमे्रका गेडागुडी (बीउहरू) पोषक तत्वका धनी हुन्छन । जस्तै सेतो तिलको बीउ, फ्ल्याक्स सीड, चिया बीउ र विशेष गरी कालो तिल । जसमा गाईको दूधमा भन्दा ३ गुणा बढी क्याल्सियम हुन्छन । जुन खानाको लागि पनि स्वादिष्ट छ ।

२) सार्डिन : यदि तपाईं डाइटिङमा हुनुहुन्छ भने सार्डिन तपाईको लागि सहि खाना हो । किनभने यसमा उच्च प्रोटिन सँगै क्याल्सियम हुन्छ  । जसले तपाईंको हड्डीलाई पोषण दिन्छ । त्यस्तै यो सस्तो पनि छ ।
 
३) बदाम : बदाम खानामा पनि स्वादिष्ट, क्रिस्पी र मीठो हुन्छ । र, यसमा फाइबर पनि धेरै हुन्छ । यस्तै दूधमा भन्दा बढी क्याल्सियम पाइन्छ । जसले हड्डी र मस्तिष्क दुवैलाई एकैपटक पोषण दिन्छ । 

४) हरियो साग : गाढा हरियो सागपातलाई सुपरफुड मानिन्छ । यो हामी सबैको मनपर्ने सब्जि पनि हो । जसमा क्याल्सियमको मात्रा उच्च रहेको छ । 

५) काउली : क्रुसिफेरस परिवारमा पर्ने सब्जि मध्यको क्याल्सियममा धनि काउली हो । त्यतिमात्र नभएर काउली भिटामिन सीको पनि राम्रो स्रोत हो ।

Logo