तत्काल सिटामोलको मूल्य नबढाइने

तत्काल सिटामोलको मूल्य नबढाइने


सिटामोलको मूल्य तत्काल नबढाइने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार साँझ सरोकारवालासहित बसेको बैठकले तत्काल सिटामोलको मूल्य नबढाउने निर्णय गरेको हो । 

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल डेंगु संक्रमणकाबीच सिटामोल अभाव भइरहँदा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

अहिलेलाई तत्काल बजारमा सिटामोल अभाव हुन नदिन उत्पादन बढाउन निजी कम्पनीलाई अनुरोध गर्ने र नेपाल औषधि लिमिटेडलाई निर्देशन दिने निर्णय भएको पनि बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले भने आवश्यकता भएको ठाउँ पहिचान गरेर सिटामोल वितरण गर्ने सहमति भएको जानकारी दिए । हाल सिटामोलको मूल्य प्रति ट्याबलेट एक रुपैयाँ पर्दछ । 

Logo