सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बाँकेको भेरी अस्पतालमा सुर्खेतका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Logo