पनीरको उच्च प्रयोगले निम्त्याउन सक्छ यी ४ शारीरिक समस्या

पनीरको उच्च प्रयोगले निम्त्याउन सक्छ यी ४ शारीरिक समस्या

केन्द्रबिन्दु
0
Shares

पनीर एउटा यस्तो चिज हो, जुन सायदै कसैलाई मन पर्दैन होला । 

फर्मेट दूधबाट बनेको पनीर धेरै तरिकाले पकाउन सकिन्छ । पनीर स्वादिलो मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । क्याल्सियम र प्रोटिनले भरिपूर्ण पनीरले हड्डी बलियो बनाउँछ, जोर्नी दुखाइ कम गर्छ र पाचन प्रणालीमा सुधार गर्छ । जसरी कुनै पनि कुराको अत्याधिक सेवनले हानि गर्छ, त्यसैगरी पनीरका पनि फाइदा र बेफाइदा दुबै छन् ।

१. पाचनमा समस्या
पनीरले पाचन र मेटाबोलिजमलाई बढावा दिन्छ । तर धेरै पनीरको सेवनले सुजन हुन सक्छ । जसले तपाईंलाई सताउन सक्छ । यसले छातीमा जलन र गम्भीर पेट दुखाइ पनि हुन सक्छ । पनीरमा प्रोटिन प्रचुर मात्रामा हुने भएकाले यसलाई पचाउन समय लाग्छ र यदि तपाईंले धेरै पनीर खानुभएको छ भने यसले पेट फुल्ने वा एसिडिटी निम्त्याउन सक्छ ।

२. मोटापन 
धेरै चिज खाँदा तौल बढ्न सक्छ । यदि तपाई तौल घटाउने सोचमा हुनुहुन्छ भने आफ्नो आहारबाट पनीर हटाउनुहोस् । पोषणविद्हरू भन्छन् पनीर स्किम्ड मिल्कबाट बनाइएको हो भने मात्र यसलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ ।

३. कोलेस्ट्रोलको उच्च जोखिम
एलडीएल अर्थात खराब कोलेस्ट्रोलको उच्च स्तरले हृदय रोग र हट स्ट्रोकको जोखिम बढाउँछ । पोषणविद्हरूका अनुसार, जो पहिले देखि नै खराब कोलेस्ट्रोलसँग लडिरहेका छन् तिनीहरूले चीज खानु हुँदैन । 

४. एलर्जी निम्त्याउँछ
यो समस्या विरलै मानिसहरुमा देख्न सकिन्छ । तर दुधको एलर्जीबाट पीडित व्यक्तिहरूलाई चीजबाट पनि एलर्जी हुन सक्छ । साथै, खराब गुणस्तरको दूध वा बिग्रिएको दुधबाट बनेको चीजले पनि एलर्जी निम्त्याउँछ । जस्तै वाकवाकी, बान्ता, पखाला, दाढ र एक्ने पनि निम्त्याउन सक्छ ।

Skip This
Skip This
Logo