पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना पुष्टि, एककाे मृत्यु

पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना पुष्टि, एककाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२१ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ भने ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

Logo