सात जनामा कोरोना संक्रमण पुष्टि

सात जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा नेपालमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

Logo