थप नौ जनामा कोरोना संक्रमण

थप नौ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो । संकलित नमूनामध्ये ६७२ को पिसीआर र ७५३ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । यस अवधिमा २३ जना संक्रमणमृक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।  

कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

Logo