काठमाडौं उपत्यकामा आज १९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १९८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार ४९४, भक्तपुरमा ९ हजार १५७ र ललितपुरका १५ हजार ८७१ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार ५२२ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ । आज ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ३१ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ३० जनाको परीक्षण गरिएको छ।

Logo