चिसोका कारण महोत्तरीमा बिरामी बढे

चिसोका कारण महोत्तरीमा बिरामी बढे

केन्द्रबिन्दु
0
Shares

एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यहाँको जनजीवन असहज भएको हो। 

जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा.सतीश साहले बताए। चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्या बढेको छ। सामान्य अवस्थामा औसतमा ४०/५०  बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक १५० सम्म बिरामी आउने गरेको डा.साहले जानकारी दिए। 

चिसोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन्। साथै आर्थिकरूपले कमजोर व्यक्तिसमेत मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा.साहले बताए।  बस्तुभाउसहित कृषिबालीमा पनि चिसोको असर देखिएको बताइन्छ।

Logo