नेपाली सेनाले काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपालको पहिलो महानगर काठमाडौ महानगरपालिकाको २८औं महानगर दिवसको उपलक्ष्यमा सेनाले जंगीअड्डा खेलमैदानमा शिविर सञ्चालन गरेको हो ।
शिविरकोकाठमाडौ महानगर प्रमुख बालेन्द्र शाह र प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुई दिने निःशुल्क स्वापस्थ्यश शिविरमाजनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी जाँच गरिने छ ।यसैगरी स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, इकाे-कार्डियाेग्राफी, ई.सी.जी. तथा ब्लड सुगर जाँच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराउने नेपाली सेनाले जनाएको छ । शिविरमा चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ ।
.jpg)
स्थानीय बासिन्दालाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यले मंसिर २८ गते बुधबार र २९ बिहीबार शिविर सञ्चालन हुने छ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्न सकिने छ ।
.jpg)
स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, काठमाण्डौ महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका उच्च अधिकारी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
.jpg)
नेपाली सेनाले विभिन्न समयमा देशका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा दिंदै आएको छ । प्राकृतिक विपत र महामारीमा पनि सेनाले शिविर सञ्चालन तथा उद्धारका कामहरु गर्दै आएको छ । कोभिड महामारीमा सेनाले सुरु गरेको स्वास्थ्य सेवाबाट हजारौ नेपालीले निशुल्क स्वास्थ्य सेवा लिएका थिए । यसका अतिरिक्त नेपाली सेनालेकल्याणकारी कोष मार्फत पनि नेपाली सेनाका सबै हिताधिकारीहरुलाई निशुल्क स्वास्थ्य सेवा दिंदै आएको छ ।
.jpg)































प्रतिक्रिया