नर्भिकमा शुरु भयो मृगौला प्रत्यारोपण सेवा

नर्भिकमा शुरु भयो मृगौला प्रत्यारोपण सेवा

केन्द्रबिन्दु
0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सेवा सुरु गरेको जानकारी गराएको हो । उक्त सेवाको सुरुवाता अस्पतालले १ हप्ता अगाडी गरेको डा.अजय कुमार मिश्रको भनाई छ । 

विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । नर्भिकले अहिलेसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ । सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो ।

मृगौला प्रत्यारोपणका लागि १२ लाख देखि २० लाखसम्म खर्च हुन डा.मिश्रको भनाई छ । उनी भन्छन्, ‘हामीले मृगौला प्रत्यारोपणका लागि मध्यम वर्गले पनि थेग्न सक्ने खर्च राखेका छौं । तर, कसै–कसैले ५ लाखसम्मा हुँदैन भन्नुहुन्छ । त्यस्तो त हुँदैन, तर यो सम्भव छैन । तर अन्य देशभन्दा सस्तो नै हो ।’

अस्पतालमा मृगौला प्रत्यारोपणका लागि ३ महिना अगाडी स्किृति पाएको हो । यसअघि मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

Skip This
Skip This
Logo