गर्मी महिनामा स्वस्थ्य रहन चाहनुहुन्छ ? यी खानेकुरा खानुहोस्

गर्मी महिनामा स्वस्थ्य रहन चाहनुहुन्छ ? यी खानेकुरा खानुहोस्


गर्मी महिना सुरु भएको छ । गर्मीको समयमा खानपानमा विशेष ख्याल पुर्याउनुपर्छ । कुनै एक वा दुई खानेकुरा खाएर पनि भोक त टार्न सक्छौँ । तर, यसबाट शरीरका लागि चाहिने पर्याप्त पौष्टिक तत्व पूर्ति हुँदैन । त्यसैले दाल तथा गेडागुडी, फलफूल र तरकारी, माछा, मासु र दुध, दहीको सन्तुलन मिलाएर खानुपर्छ । 

गर्मीको समयमा शरीरमा पानीको कमी हुँदा डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढी हुने भएकाले आफ्नो खानपिनमा विशेष ध्यान दिन र रोग प्रतिरोधी क्षमता बढाउन विशेषज्ञहरुले सल्लाह दिएका छन् ।

प्रकृतिले नै हाम्रा लागि कुन मौसममा कस्ता खानेकुरा खानु उपयुक्त हुन्छ भनेर विभिन्न मौसममा विभिन्न खाद्यवस्तुको उत्पादन वरदानस्वरुप दिएको छ । गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ ।

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्छ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रशस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।

रोग प्रतिरोधी क्षमता उच्च राख्नका लागि खाजामा दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ ।

रोग प्रतिरोधी क्षमता उच्च राख्नका लागि खाजामा दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । यस्तै, बिहानको खानामा दालभात र बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र पचाउन सजिलो हुने पोषण विद्हरु बताउँछन् । 

त्यस्तै, तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थ, आइसक्रिमको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनु उचित हुन्छ । यसका साथै गर्मी समयमा दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ । 

खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी भएको स्वास्थ्य विद्हरु बताउँछन् ।

गर्मी समयमा तेलमा तारेको र भुटेको खाना खानु हुँदैन । पकाएर लामो समयसम्म राखेको खाना र बासी खाना खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ । गर्मीमा चिया तथा तातो कफीको सेवन गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । यस्तै, जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढी हानिकारक मानिन्छ ।

त्यसैले गर्मीको समयमा हरेक व्याक्तिले आफ्नो स्वास्थ्यको  ख्याल गर्नपर्छ । खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी भएको स्वास्थ्य विद्हरु बताउँछन् ।

Logo