आज थप ८५ जनामा कोरोना संक्रमण

आज थप ८५ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४०२ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधीबाट ६३ जना र एन्टिजेन विधिबाट २२ जनामा संक्रमण भेटिएको हो । सो अवधिमा २७ जना डिस्चार्ज भएका छन् । 

मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३५८ रहेको मन्त्रालयले बताएको छ । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा संक्रमण बढ्दै जाँदा सीमा नाका हुँदै नेपाल आउनेहरुमा संक्रमण देखिने क्रम बढ्दै गएको हाे ।  

Logo